१३ मंसिर २०८३, शनिबार

जनमत पार्टीका कार्यकर्ताले घोषणा गरेको बन्द खुला

एसीपी संवाददाता

१२ पुष २०७८, सोमबार ०१:५८ मा प्रकाशित

१२ गते पौष २०७८ । सिराहमा सिके राउत नेतृत्व जनमत पार्टीका कार्यकर्ताले घोषणा गरेको बन्द खुला गरिएको छ ।

उनीहरूले बिहानैदेखि बन्द गराउँदै हिँडेका थिए । आइतबार आमहड्ताल घोषणा गरेर बिहान राजमार्ग पनि केहीबेर बन्द गरेका थिए ।

यस क्रममा उनीहरूले तोडफोडसमेत गरेका थिए । तोडफोड तथा बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा घोषणा गरिएको हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x