१३ मंसिर २०८३, शनिबार

जमुनाहा सिमानाकाबाट अवैध लागुऔषध सहित दाङका एक युवक पक्राउ

एसीपी संवाददाता

२२ पुष २०७८, बिहीबार ०२:१४ मा प्रकाशित

बाँकेको नेपालगन्ज स्थित जमुनाहा सिमानाकाबाट अवैध लागुऔषध सहित दाङका एक युवक पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहा सिमानाकामा दिउँसो सवा १२ बजेको समयमा चेक जाँच गर्ने क्रममा घोराइ उपमहानगरपालिका १० नारायणपुरका २३ वर्षिय सुरेश घर्तीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

उनलाई नियन्त्रित लागुऔषध १ सय ५० पिस ट्रामाडोल सहित ईलाका प्रहरी कार्यालय जमुनाहा र लागु औषध नियन्त्रण व्यूरो नेपालगन्जको संयुक्त टोलिले पक्राउ गरेको जनाएको छ ।

उक्त वस्तु सहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x