जातीय र धार्मिक द्वन्द्वले धेरै देशहरूमा गम्भीर क्षति भएको छ – उपेन्द्र
काठमाडौं – धार्मिक वा साम्प्रदायिक (जातीय र धार्मिक) द्वन्द्वले धेरै देशहरूमा गम्भीर क्षति पुर्याएको छ यस्ता मुलुकहरु लामो समयसम्म अस्थिर, गृहयुद्धग्रस्त वा कमजोर बनेका छन्। जसले सामुदायिक वा धार्मिक संघर्ष र हिंसाको कारण विनाश झेल्नु परेको छ । धार्मिक वा साम्प्रदायिक द्वन्द्वका कारण गम्भीर रूपमा कमजोर भएका, विभाजित भएका, वा लामो गृहयुद्ध भोगेका देशहरू यस्ता छन् जसले सामुदायिक वा धार्मिक संघर्ष र हिंसाको कारण विनाश झेल्नु परेको छ। यी द्वन्द्वले कुनै पनि पक्षलाई जिताउँदैनन्; बरु सम्पूर्ण राष्ट्र दशकौं पछाडि धकेलिन्छ। यस्ता घटनाहरु का केही उदाहरणहरु, सिरिया : धार्मिक र राजनीतिक द्वन्द्वका कारण लामो गृहयुद्ध भयो, लाखौं मानिस विस्थापित भए र ठूलो भौतिक विनाश हुन गयो । गृहयुद्ध र धार्मिक विभाजनले गर्दा देश ठूलो रूपमा नष्ट भएको छ। इराक : शिया र सुन्नी साम्प्रदायिक हिंसा र अन्य सशस्त्र द्वन्द्वले देशमा दीर्घकालीन अस्थिरता ल्यायो। लेबनान : विभिन्न धार्मिक समुदायबीचको गृहयुद्धले देशलाई गम्भीर रूपमा प्रभावित गर्यो। यमन : राजनीतिक, क्षेत्रीय र धार्मिक विभाजन मिसिएको द्वन्द्वले मानवीय संकट सिर्जना गर्यो। सुडान : जातीय, धार्मिक र राजनीतिक द्वन्द्वका कारण बारम्बार हिंसा र अस्थिरता देखिएको छ। जातीय संघर्ष र राजनीतिक अस्थिरताको कारण ठूलो मानवीय संकट उत्पन्न भएको छ। विश्वसनीय अनुमानहरू अनुसार ५०,००० देखि १,५०,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, र वास्तविक संख्या अझ बढी हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
अफगानिस्तान : दशकौँदेखि राजनीतिक, वैचारिक र धार्मिक पक्ष मिसिएका युद्धहरूले देशलाई गम्भीर असर पारेका छन्। तालिबान र अन्य समूहहरूको बीचको संघर्षले देशलाई ध्वस्त बनाएको छ। बोस्निया र हर्जेगोभिना : १९९० को दशकमा जातीय र धार्मिक द्वन्द्वका कारण ठूलो जनधनको क्षति भयो। श्रीलंका (Sri Lanka): सिंहली बौद्ध राष्ट्रवाद र तमिल अल्पसंख्यकबीचको द्वन्द्व दशकौं लामो गृहयुद्धमा परिणत भयो, जसले देशलाई नरसंहार र अशान्तिको पर्याय बनायो। श्रीलङ्कामा सन् १९८३ देखि २००९ सम्म चलेको गृहयुद्ध (सरकार र लिबरेशन टाइगर्स अफ तमिल ईलम(LTTE बीच) मा करिब ८०,००० देखि १,००,००० भन्दा बढी मानिसको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय स्रोतहरूले अनुमान गरेका छन्। यो द्वन्द्व दक्षिण एशियाकै सबैभन्दा लामो र विनाशकारी गृहयुद्धमध्ये एक मानिन्छ, जसले श्रीलङ्काको सामाजिक, आर्थिक र राजनीतिक अवस्थालाई गम्भीर रूपमा प्रभावित गरेको थियो।
इथियोपियामा इस्लामिक र क्रिश्चियन समुदायबीचको भयंकर द्वन्द्वका केन्द्रविन्दु रहेका छन्, जसले ठूलो विनाश निम्त्यायो। केही अनुसन्धानका अनुसार कम्तीमा १,००,००० भन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ।
यी देशहरूमा सामुदायिक र धार्मिक तनावले जीवनस्तरमा ठूलो र प्रभावकारी असर पारेको छ, जसले मानवीय संकट र विकासमा अवरोध पुर्याएको छ। राजनीतिक सत्ता संघर्ष, जातीय पहिचान, आर्थिक असमानता, बाह्य हस्तक्षेप र ऐतिहासिक विवाद पनि प्रमुख कारण रहेका छन्। कुनै पनि देशमा धार्मिक वा साम्प्रदायिक विभाजनलाई हिंसात्मक रूपमा बढ्न दिइयो भने त्यसले सामाजिक सद्भाव, अर्थतन्त्र र राष्ट्रिय स्थिरतामा गम्भीर नकारात्मक प्रभाव पार्न सक्दछ ।
तर नेपाल सरकारको गलत नीति र अदूरदर्शी तथा अपरिपक्व हुनाको कारण सामान्य विवादमा पनि प्रहरी , सशस्त्र प्रहरी बल र सेना समेत परिचालन गरी निर्दोष जनताको हत्या गरीएको छ। यसले आतङ्क , हत्या , आगजनी, लूटमार , उत्तेजना र हिन्सात्मक कार्यलाई झन उक्साउने कार्य गरेको छ । साम्प्रदायिक र धार्मिक द्वन्द्व फैलाउने योजनाबद्ध षडयन्त्र नै होकि कि ? भन्ने आशङ्का उत्पन्न भएका छ्न्। तसर्थ , तत्काल सरकारले आफ्नै जनता बिरुद्ध सेना परिचालन बन्द गर्नु पर्दछ ।
नेपालको विविधता (Diversity) नेपालमा रहेका विभिन्न जाति, भाषा, धर्म, संस्कृति, भौगोलिक क्षेत्र, प्राकृतिक स्रोत, जीवनशैली तथा परम्पराहरूको बहुलता हो। यही विविधताले नेपाललाई बहुआयामिक, समृद्ध र विशिष्ट राष्ट्र बनाएको छ। नेपालको सबैभन्दा ठूलो शक्ति यसको “विविधतामा एकता” (Unity in Diversity) हो। विविधता नै हाम्रो शक्ति हो । साम्प्रदायिक तथा धार्मिक विविधता आफैंमा समस्या होइन; समस्या तब उत्पन्न हुन्छ जब विविधतालाई विभाजन, भेदभाव वा हिंसाको आधार बनाइन्छ।
जातीय, भाषिक वा धार्मिक विभेद, क्षेत्रीय असमानता,
सामाजिक बहिष्करण र अवसरको असमान पहुँच र सांस्कृतिक सम्पदाको संरक्षण आदि नेपाली
विविधतासँग सम्बन्धित चुनौतीहरू हुन् ।
तर, कुनै पनि कारणले धर्म र जातिका आधारमा विभाजन हुनु हाम्रै कमजोर पक्ष हो। हामी सबैले एक अर्काको विश्वास र संस्कृतितर्फ सम्मान भाव राख्नुपर्छ। एकआपसमा सहिष्णुता र मित्रता विकास गरौं। विभिन्न जाति, भाषा, धर्म, संस्कृति र भौगोलिक विशेषताबीच पारस्परिक सम्मान, समान अवसर र समावेशी शासनको विकास गर्न सके नेपालको राष्ट्रिय एकता, लोकतन्त्र र समृद्धि अझ सुदृढ बन्न सक्छ।
पारस्परिक सम्मान, सहिष्णुता, कानुनी समानता, समावेशी शासन र निरन्तर संवादमार्फत विविधतालाई सामाजिक एकता र राष्ट्रिय विकासको शक्तिमा रूपान्तरण गर्न सकिन्छ।
हाम्रा भिन्नता हरूलाई सम्मान गर्दै, एकता र भाईचारा कायम गरौं। सकारात्मक संवाद र समझदारीले हामीलाई बलियो बनाउँछ। हामी सबै एकसाथ मिलेर एक समृद्ध र शान्त नेपाल बनाउन सक्छौं।
जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष एवं पुर्ब मन्त्री उपेन्द्र यादवको बिचार


