१३ मंसिर २०८३, शनिबार

जिप्रका बर्दियामा नागरिक सहायता कक्ष

एसीपी संवाददाता

११ पुष २०७८, आईतवार ०२:२५ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय बर्दिया परिसरमा सुबिधा सम्पन्न नागरिक सहायता कक्ष निर्माण गरिएको छ ।

गुलरिया नगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी कर्मचारीहरुको श्रमदानबाट उक्त कार्यालय परिसरमा नव-निर्मित सुबिधा सम्पन्न नागरिक सहायता कक्षको शुक्रबार गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवले उद्धघाटन गरेका छन ।

उक्त कार्यक्रममा कक्षका लागि आर्थिक सहयोग प्रदान गरेर भवन निर्माणमा महत्वपुणर् भुमिका निर्वाह गरेका गुलरिया नगरपालिका वडा नं. ६ का वडाध्यक्ष निरज शर्मालाई कदर पत्र प्रदान समेत गरिएको जिल्ला प्रहरी कायालय बर्दियाका प्रवक्ता चक्र बहादुर डमरपालले बताए ।

साथै भवन निर्माण कार्यमा प्रभावकारी सक्रियता निर्वाह गरेका प्रहरी नायव निरीक्षक धन बहादुर के.सी.लाई नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादव, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख ईश्वर कार्की, गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज शर्मा, गुलरिया नगरपालिकाका ईन्जिनियर विशाल पौडेल, संचारकर्मी, लगायत कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितीमा उद्धघाटन गरिएको प्रहरी प्रवक्ता डमरपालले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x