१३ असार २०८३, शनिबार

जिम्मेवार पक्षको लापरवाहीका कारण नै मानसिक रोगीको समस्या बढ्दै

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १७:५२ मा प्रकाशित

परिवारको लापरवाहीका कारण मानसिक रोगीहरुको समस्या बढ्दै गएको एक कार्यक्रममा औल्याइएको छ । २८ औं बिश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा शनिबार नेपालगञ्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले जिम्मेवार पक्षको लापरवाहीका कारण नै मानसिक रोगीहरुको समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन । बेवारिसे शव व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको आयोजनामा भएको कार्यक्रममा बोल्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले पछिल्लो समय प्रहरी समुदायमा दिनराती खटिएको अस्थामा यो समस्या समाधानका लागि के कसरी र कहाँ सहयोग गरी समाधान गर्न सकिने भन्न कुरामा आफु तयार रहेको बताउनुभयो ।

लागुऔषधको प्रयोग, परिवारको हेलचेक्राई, बेवास्ता, हिंसा जस्ता कारणले मानिसमा मानसिक समस्या निम्तिने गरेको पाइएको प्रहरी प्रमुख राणाले बताउनुभयो । उहाँले यो पछिल्लो समय बिभिन्न गाउँ, शहरमा यस्ता व्यक्तिहरुको समस्या बढेको पाइएको हुँदा प्रहरीले लागुऔषध नियन्त्रणका लागि लागि परेको जानकारी गराउनुभयो । साथै उहाँले मानसिक समस्या निम्तिन नदिन प्रहरीको आवश्यकता भएको स्थानमा सहयोग गर्न तयार रहेकाले सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले मानसिक समस्या प्रत्येक घरमा पछिल्लो समय देखिन थालेकाले यसको समाधानका लागि अहिले नै सबै सजग हुनुपर्ने बताउनुभयो । उहाँले आयोजक संस्थाले कसैले हालसम्म नगरेको काम गरिरहेकाले स्थानीय निकायले के कसरी सहयोग गर्न सक्ने कुरामा सहभागि हुने प्रतिबद्धता जनाउनुभयो । केन्द्रका केन्द्रीय अध्यक्ष बिजय जंग बस्नेत, संयोजक सपना रोकामगरको उपस्थिति तथा केन्द्र बाँकेका अध्यक्ष पुजा बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा गैरसकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार, नेपाल भारतमैत्री संघका उपाध्यक्ष शुष्मा शर्मा लगायत बोल्नुभयो ।

स्वस्थ्य

डा.केसीको माग तत्काल सम्बोधन गर्न बाँकेमा नागरिक स्तरबाट दबाव शुरु

कार्यक्रममा नेपालगञ्ज र कोहलपुरमा रहेका पुर्नस्थापना केन्द्रका संचालकहरुले लागु औषध दुव्र्यसनमा फसेकाहरुको अवस्थाका बारेमा समेत प्रकाश परेका थिए । अन्तरक्रियामा सडक मानव, मानसिक सन्तुलन गुमाएकाहरु, आत्महत्या, लागुऔषध दुव्र्यसनमा परेकाको व्यवस्थापनमा परिवार, नागरिक समाज, प्रहरी प्रशासन, जनप्रतिनिधि स्वास्थ्यकर्मीको दायित्व तथा भूमिकाबारे चर्चा केन्द्र बाँकेका संयोजक भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । २७ औं शाखाका बाँकेका बिस्तार भएको केन्द्रले २९० जनाको शदगद तथा ४ हजार ३ सय जना बेसहारा, दुव्र्यसनमा पसेकाहरुको उपचार तथा व्यवस्थापन गरेको छ ।समयपत्रबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x