चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार

हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि गएको नेपाली काँग्रेसको टोलीमाथि आश्रु ग्यास प्रहार भएको दाबी गरिएको छ । नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले उक्त दाबी गरेका हुन्। नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित उनीसहितको काँग्रेस टोली केही दिनअघि निरीक्षणका लागि सीमा क्षेत्रमा पुगेका थिए।
- निजगढमा निर्माणका लागि अस्वीकार गरेको स्विट्जरल्यान्डले उत्तर प्रदेशमा बनाउने भयो अन्तर्राष्ट्रिय विमानस्थल
- चीनले ताईवानमाथी आक्रमण गरेमा स्थिती भयानक हुने अमेरीकी चेतावनी
- ‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय भवन निर्माण सम्पन्न
- नक्सा जारी भइसक्दा पनि नक्सा अनुसार भूभागको क्षेत्रफल निकाल्न सरकारलाई किन सकस
सीमाको निरीक्षण गरेर फर्किँदै गर्दा हिल्सा नजिकै बिहीवार साँझ ५ बजेतिर आफ्नो टोलीमाथि चिनियाँ पक्षले आश्रु ग्यास फालेको नाम्खा गाउँपालिका उपाध्यक्ष तामाङले दाबी गरे।
हिल्सामै रहेका तामाङले टेलिफोनमा भने, ‘५/६/७ र ८ नम्बर पिल्लरको निरीक्षणमा गएका थियौं। फर्केर हिल्सा पुग्ने बेला खोला पारी एउटा भवनबाट हामीलाई लक्षित गरी टियर ग्यास फालियो। घटनास्थल हिल्साबाट १५ मिनेटको दुरीमा छ। मान्छे कोही देखिएनन्। चिनियाँ प्रहरीले फालेको हुनसक्छ।’
फाइल- तस्बिर / उनका अनुसार ग्यास प्रहारबाट कसैलाई क्षति भने भएको छैन।हप्तादिन अघि सदरमुकाम सिमकोटबाट कर्णाली प्रदेशका प्रतिपक्षी नेता जीवनबहादुर शाहीको नेतृत्वमा कांग्रेसको टोली सीमाको निरीक्षणमा गएको थियो। टोलीले १२ नम्बर पिल्लर नयाँ बनेको अवस्था फेला पारेको दाबी गरेको छ। टोली आज साँझ सदरमुकाम आइपुग्ने तामाङले बताए। ‘हामी साँझ सदरमुकाम पुग्छौं । भोलि सबै सत्यतथ्य सार्वजनिक गर्छौं,’ उपाध्यक्ष तामाङले भने । साभार – पहेलोपोस्ट





[…] […]
[…] […]
[…] […]