१२ असार २०८३, शुक्रबार

डा.केसीको माग तत्काल सम्बोधन गर्न बाँकेमा नागरिक स्तरबाट दबाव शुरु

एसीपी संवाददाता

२४ आश्विन २०७७, शनिबार १२:०४ मा प्रकाशित

डा.गोबिन्द केसीको माग तत्काल सम्बोधन गर्न नागरिक स्तरबाट दबाव शुरु गरिएको छ । यसअघि बिभिन्न समयमा डा.केसीसंग वार्ता गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाउँदै आएका बाँकेका नागरिकले अब माग सम्बोधनका लागि दबाव शुरु गरेका हुन । उनीहरुले दबाब स्वारुप शुक्रबारदे रिले अनसन शुरु गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन (अनिश्चितका लीन) शुरु गरेका हुन ।

सत्याग्राही डा.गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम गरिएको छ । विगत लामो समयदेखि अमरण अनसनमा बस्नु भएका डा केसीको माँग तथा जिवन रक्षाका लागि सरकारले ठोस कदम नचालेपछि तत्काल सम्बोधन गर्न नेपालगंजमा दबाब मुलक कार्यक्रम गरिएको छ ।सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको अगुवाइमा शुक्रबार बिभिन्न क्षेत्रका समाजिक कार्यकर्ता अधिवक्ता , समाजसेवी राजनितीक,ब्यापारीहरु सहयोगमा कार्यक्रमहरु गरेको हो । बैठकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र डा.केसीले राखेको माग सबै जनताको हितका लागि भएकाले अब जनता नै उठ्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

जीवनशैली

चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार

स्वास्थ्य, शिक्षा र सुशासनको बिषयमा हरदम जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा.गोबिन्द के.सी. गत २५ दिन देखि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमान्डौको त्रिभुवन यूनिभर्सिटी टिचिङ्ग हस्पिटलमा आमरण अनसनमा बस्नु भएको छ ।

दबाब समुहका संयोजक एव अभिवक्ता विश्वजित तिवारी, बल बहादुर चन्द, जगदम्बा पाठक, पत्रकार जयसिंह केसी, युवा नेता तथा व्यापारी ललित रौनियार र शिक्षक कृष्णदेबी पाण्डे अनसनमा बस्नुभएको छ । डा. केसीले उठाएको ६ बुंदे माग तत्काल पुरा गर्नुपर्ने भन्दै पत्रकार केसीले अहिले जताजतै माफियाहरुकै बोलबाला रहेको सम्पूर्ण जनता यो आन्दोलनमा अब सहभागि हुनुपर्ने बताउनुभयो । उहाँले डा.केसीले राखेको माग सबै जनताको हितका लागि भएकाले अब जनता नै उठ्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

स्वास्थ्य, शिक्षा र सुशासनको बिषयमा हरदम जायज माग राख्दै नागरिकको हकहितका लागि पहल गर्ने डा.के.सीले गत २७ दिन अघि जुम्लामा सत्याग्रह शुरु गरि हाल काठमान्डौको त्रिभुवन यूनिभर्सिटी, टिचिङ्ग हस्पिटलमा आमरण अनसनमा बस्नु भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको र कुनै पनि बेला हृदयघात हुन सक्ने डाक्टरहरुले बताएका छन ।

सत्याग्राही डा. गोविन्द केसीको माग र जिवन रक्षाका लागि बाँकेमा दबाबमुलक कार्यक्रम तय गरिएको छ । दबाब कार्यक्रम अन्तर्गत २३ गते शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । त्यस्तै सोही दिन साँझ ५ बजे विपी चोकमा दबाब कार्यक्रम गरिएको छ भने असोज २४ गते शनिबारदेखि रिले अनसन शुरु गरिएको दबाब समूहका संयोजक तिवारीले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
2
0
Would love your thoughts, please comment.x
()
x