१३ मंसिर २०८३, शनिबार

जुवाखालबाट प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ

एसीपी संवाददाता

१८ पुष २०७८, आईतवार ०५:१३ मा प्रकाशित

प्रहरीले जुवाखालबाट प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले आज बिहान ३ बजे  जाजरकोट सदरमुकाम नजिक रहेको भेरी नगरपालिका ४ गैरीखाली गाउँबाट जुवा खेलिरहेको अवस्थामा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । पक्राउ पर्नेमा अर्का एक जना वडाध्यक्ष समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जुवाखालबाट ताससहित २ लाख ५२ हजार नगद समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको नाम भने सार्बजनिक गरिएको छैन । जुवाडेहरुले मोबाइल बैंकिङको समेत प्रयोग गरेको हुन सक्ने अनुमान गरेको छ । उनीहरु सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x