४ आश्विन २०८३, आईतवार

टेलिश्रृंखला ‘कलेज लभ’ प्रसारणमा आउने

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार ०५:२९ मा प्रकाशित

कलेज युवायुवतीको सोच, शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तन लगायतका विषय समेटिएको टेलिश्रृंखला ‘कलेज लभ’ प्रसारणमा आउने भएको छ । प्राइम टेलिभिजनबाट २९ माघदेखि हरेक बिहीबार राति ९ बजे प्रशारणमा आउने श्रृंखला राजबहादर सानेले निर्देशन गरेका हुन् ।

सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिसिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, बिबस थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको श्रृंखलामा दिव्य सुवेदी र वीरेन्द्र परियारको छायाँकन र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।

कलेज युवायुवतीको सोच,शैली, प्रेमप्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तन लगायतका बिषय श्रृखलाले मनोरञ्जन तवरले प्रस्तुत गर्ने निर्देशक सानेले बताए । रातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x