१३ असार २०८३, शनिबार

बाँकेमा दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदै

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार ०५:१७ मा प्रकाशित

नेपालगन्ज । बाँकेमा आज दोस्रो दिन पनि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना विरुद्धको खोप लगाइँदैछ । नेपालगन्ज मेडिकल कलेज, नरैनापुर, डुडुवा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका ७ सय ५० जनालाई आज भेरी अस्पतालमा खोप लगाउने कार्यक्रम छ । “स्वास्थ्य संस्था खाली नहुने गरी आधा आधा स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने तालिका बनाएका छौं, भोलि फेरि यी अस्पताल र पालिकाका बाँकि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने लक्ष्य छ ।

बाँकेमा ४२ हजार ६ सय १३ डोज खोप आएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज खोपमध्ये बाँकेलाई ४२ हजार ६ सय १३ डोज खोप बाँकेलाई दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उक्त खोप १८ हजार ५६ जनालाई दिइने छ ।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना मन्त्रालयको छ ।

बाँकेमा ” कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले भन्नुभयो । हिजो पहिलो दिन भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । त्यहाँ कार्यरत ४ सय जनालाई खोप लगाउने भनिएपनि हिजो १ सय २० जनाले मात्र खोप लगाएका छन् । आज बाँकिलाई पनि खोप लगाइनेछ । यहाँ पहिलो चरणको खोप अभियान माघ २४ गतेसम्म चल्नेछ । पहिलो चरणमा ७ हजार ५ सय जनाले खोप लगाउनेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x