ट्रम्पको खर्चिलो युद्ध १०० घण्टामा ५ खर्ब स्वाहा, इरान रोक्न अमेरिकालाई पर्दैछ महँगो!
एजेन्सी –
कतारी समाचार संस्था अल-जजीराको एक रिपोर्टअनुसार इरानविरुद्धको सैन्य कारबाहीमा अमेरिकाले पछिल्लो १०० घण्टाभित्रै ३.७ अर्ब अमेरिकी डलर (करिब ४ खर्ब ९५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) खर्च गरेको छ। यस हिसाबले अमेरिकाले औसतमा दैनिक ५० देखि ५५ अर्ब नेपाली रुपैयाँ आकाशमा उडाइरहेको देखिन्छ।
यो युद्ध अमेरिकाका लागि आर्थिक रूपमा निकै चुनौतीपूर्ण बन्दै गएको छ। इरानले मात्र ५० हजार डलर पर्ने ‘सहाद’ ड्रोनहरू प्रयोग गरिरहँदा, ती ड्रोन खसाल्न अमेरिकाले प्रयोग गर्ने एउटै मिसाइलको मूल्य त्योभन्दा १०० गुणा महँगो परिरहेको छ। रिपोर्टका अनुसार इरानले ४ दिनमा खाडी क्षेत्रका अमेरिकी सैन्य क्याम्पहरूमा ५०० ब्यालिस्टिक मिसाइल र २,००० ड्रोन प्रहार गरिसकेको छ।
अमेरिकी रक्षा मन्त्रालयसँग हाल यसका लागि पर्याप्त बजेट नभएको र थप खर्चको बिल अमेरिकी संसदले पास गर्छ वा गर्दैन भन्ने अन्योल कायमै रहेको विश्लेषकहरू बताउँछन्।



