ढुक्क हुनु मस्त रहनु तोकेकै समय हुन्छ निर्वाचन – ओलि
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन गर्न कसैले नरोक्ने स्पष्ट पार्नुभएको छ ।
सोमबार साँझ राष्ट्रिय सभागृहमा इन्जिनियरको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैंशाखमा तोकिएको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चूनाव कानूनसम्बत नै घोषणा गरिएको बताउनुभयो । उहाले प्रतिनिधिसभालाई चल्न नदिने, सरकारलाई काम गर्न नदिने र अस्थीरता पैदा गर्ने काम पनि पार्टीभित्रैबाट भएको तर्क गर्नुभयो । ओलीले सभामुखले पनि जनताको पक्षमा काम गर्न नसेकेको भन्दै मनोनयनपछि संसदमा आएर देखाउन चूनौति दिनुभयो ।
चीनमा कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्दै डब्लुएचओ टोलि बुहानको माछा बजारमा
ओलीले आफ्ना छोराछोरी मात्रै छोराछोरी अरुका छोराछारी ढुङ्गामाटो भन्दै प्रचण्डलाई प्रश्न गर्नुभयो । छोराछारी हुनु र ज्वाई, नातिनातिना हुनु गल्ती नभएको तर आफ्नो मात्रै हरेर अरुलाई नहेर्नु गल्ती नै भएको उहाको भनाई छ । सबै जनताका लागि सोच्ने बेलामा आफ्ना लागि मात्रै सोच्नेहरु गलत नै भएको ओलीको भनाइ छ । ओलीले प्रचण्ड–नेपालसंग कुनै भिजन नै नभएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले अत्याधिक बहुमत ल्याउने भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभयो ।


