दार्चुला सिमानाकालाई एक दिनका लागि खुकुलो,अलपत्र रहेका नेपाली आ-आफनो गन्तब्य तर्फ प्रस्थान
एसिपि न्युज – नेपाल र भारत बीचको सहकार्य भईरहेको बेलामा अहिले सिमानाकामा समेत यसको असर देखिन थालेको छ । नेपाल सरकारले पुर्णरुपमा सिमानाका नखोले पनि बिभिन्न भारतीय नाकाबाट नेपालीहरुको आवत ्जावत भईरहेको छ । कोरोना महामारीका कारण लामो समय सम्म भारत र चिन संग जोडिएको सिमानाका बन्द गरिएको थियो । चिनको सिमामा अहिले पनि कडाई भएको बेलामा नेपाल्बाट भारत जाने र भारतबाट नेपाल आउने नेपालीहरुको लागि दुबै देशमा स्थानिय निकायमा रहेको सुरक्षाकर्मीहरुको सहकार्यले आवत जावत गर्न सहज भएको छ । खास गरी पश्चिम जिल्लाका दार्चुलाबाट सिमानाका बन्द रहे पनि आपसी सहकार्य एक दिनका लागि नाका खुला गरी भारतबाट ३ सय ८० जना नेपाल फर्केका छन् भने नेपालबाट कामका लागि नेपालीहरु भारतजानेको संख्या ५ सय ८५ रहेको छ । एक दिनका लागि नाका खुला गरी सिमामा रोकिएका नेपालहरुलाई छुट गरे पछि आ आफनो गन्तब्य तर्फ प्रस्थान गरेका हुन् ।
यसै बीच अनुसार गत पौष २६ गते पनि दार्चुला जिल्लाबाट नेपाल भारतको सहकार्यमा आवत जावत गर्न दिएको स्थानीयले बताएका थिए । गत साता दार्चुलाको महाकाली नगर पालिकाको वडा नम्बर ४ खलंगा स्थित रहेको पुलबाट नेपाल्बाट भारत तर्फ कमाई गर्न जान खोजेको नागरिकहरु आवत जावत गर्न दिएको थियो । नेपाल(भारत सिमा नाकाबाट अहिले स्थानीय प्रहरीकै सहयोग समन्वयमा भारतिय सिमा सुरक्षा बल एस एस बी को सहयोग सहकार्यमा आवत जावत गर्न दिएको हो । सिमला हिमान्चल प्रदेश लगाएत स्थानमा काम गर्न जाने साथै भारत स्थित रहेको धार्चुला बजार आफ्नो व्यापार ब्यवसाय गर्दै आएका छ्न । स्थानीय नेपाल प्रहरी र भारतीय प्रहरी सहित दुबै देश्का सुरक्षा न्निकायले स्थानीय जनताका लागि उल्लेखनीय काम गर्दै आवत जावत गर्न खोजेकाहरुका लागि स्थानीय प्रशासनलाई जानकारी गराई पास पाएकालाई र अतिरिक्त प्रयोजनका लागि प्रशासनबाट पास बनाएकाहरुलाई भारतिय प्रशासनसङ समन्वय गरि आवत जावत गराउन खुल्ला गरि हारा(हारीमा चौदह( साढ़े चौदह सय नेपाली नागरिक आवत जावत गराई पुनः सिमानाका बन्द गरिएको स्थानीयहरुले जनाएका छ्न ।



