दुई चिनियाँ नागरिकले भन्सार छलि अबैध रूपमा ल्याएको कृषि प्रयोग हुनेऔषधि ( पिबिओजी ) सहित राजश्व अनुसन्धान ईटहरीमा पठाईयो
नेपालमा चिनियाँ नागरिकहरुको अबैध कारोबारको भणडाफोर हुन थालेको छ । गत बर्ष जस्तै यस बर्ष पनि विभिन्न चिनियाँ नागरिकहरु अनैतिक कार्य पक्राउ परेका हुन भने नेपालमा थप चुनौती बढदै गएको छ् । यता नेपाल प्रहरी पनि सक्रिय देखिएको छ । जिल्ला संखुवासभा बाट दुई जना चिनियाँ नागरिक भन्सार छ्ली अबैध समान सहित राखेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभा बाट खटिएको तुमलिङ बाट प्रहरी टोलिले छापा मारेको हो । संखुवासभाको बुद्ध होटेल एन्ड लाजको कोठा नम्बर ५०२ मा कृषि प्रयोजनमा प्रयोग हुने ( PBOG ) – ( रुद्राक्षक बोटमा छर्किने ) औषधि भन्सार छली ल्याएको अवस्थामा लुकाई छिपाई राखेको अवस्थामा अबैध समान फेला पारी नियन्त्रणमा लिईएको हो । चेक जांचको विमान सुरक्षा गार्ड तुम्लिङटार संखुवासभा बाट सयुक्त टोलिले खान तलासी गर्दा अवैध समान बरामद गरेको हो । होटेलको कोठा नम्बर ९ मा ३६ बोरामा १०८ कारटुनमा जम्मा ३२ सय ३५ प्याकेट करिब ८ सय केजि बराबरको कृषि बालिमा प्रयोग हुने औषधि ( रुद्राक्ष बोटमा छर्किने ) बरामद गरेको हो । सिचुवान घर भइ हाल जिल्ला संखुवासभा खादबारी नगरपालिका ९ बस्ने पासपोर्ट नम्बर E 44 47 33 38 भएका चाईनिज नागरिक वु सिङ्लिङ र सानदोउ घर भइ हाल जिल्ला संखुवासभा खान्दबारी नगरपालिका ९ बस्ने पासपोर्ट नम्बर E 37 22 54 35 भएका चाईनिज नागरिकद्वय सानदोङ र सिग्लिङ लाई आवश्यक कार्यवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको हो । यसरी चाईनिज नागरिकहरु अपराधीक क्रियाकलाप देखि भन्सार चोरीमा सलग्न हुन थाल्दा नेपाल प्रहरीलाई थप चुनौती थपिएको छ ।


