१६ बैशाख २०८३, बुधबार
दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सक्रियता
बाँके नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझी चोक स्थित सवारी दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । करिब ३०० वटा सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसिनुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनको सोही स्थानमा नम्बर प्लेट समेत लेख्ने ब्यवस्था मिलाईएको छ । कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिप्रका बाकेका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक मोहन कुँवरलगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको जिला प्रहरी कार्यालयले जनाएको हो ।

Subscribe
Login
0 Comments



