३ श्रावण २०८३, आईतवार

बिश्व च्याम्पियन , देशको लागि स्वर्ण पदक जितेर आफ्नो घर नेपालगन्ज आउँदै करण वाडिया

एसीपी संवाददाता

७ श्रावण २०८१, सोमबार १३:२० मा प्रकाशित

नेपालगन्ज –  ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ को बिश्व चैम्पियन बनेका करण वाडिया भारतको दिल्ली हुँदै बाट नेपालगन्ज आउन लागेको भन्दै उनका बुवा मुकेश वाडिया जनाउनु भएको छ  । उनको सम्मानको जमुनाह नाका जम्मा हुने अनुरोधगर्दै  सम्पुर्ण साथी भाइ खेल प्रेमी ,  नेपालगन्ज बासीलाई आग्रह गर्दै आफ्नो बिचार राखेका छ्न । उनिहरु सम्पुर्ण टोलि सहित नेपालगन्ज जमुनाह नाकामा ३ बजे सम्म आउने बताउनु भयो ।  बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ बस्ने २० बर्सिय करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा मा पछि पार्दै बिश्व च्याम्पियन बनेका हुन । उनले दुई वटा स्वर्ण पदक जितेका हुन ।एक्स्ट्रिम फिटनेस नेपालगंज प्रा.ली को सदस्य समेत रहेका छ्न । वाडियाले यस अघि २०८० सालमा राष्ट्रिय च्यापियन हुदै स्वर्ण पदक जितेर बिश्व च्यापियन प्रतिस्पर्धाका लागि छनौट भएका थिए । नेपाल बाट स्वर्ण पदक जित्ने खेलाड़ी बनेका छ्न । कजाकिस्तानमा भएकाे ११ औं वर्ल्ड स्ट्रेन्थ लिफ़्टिंग एण्ड ईन्क्लाइन बेन्च प्रेस चैम्पियनशिप २०२४ मा विश्वका ख्याती प्राप्त खेलाडीलाई पछि पार्दै स्वर्ण जितेर आफ्नो देशको र जिल्लाको सम्मान बढाएका हुन।
केही महिना अगाड़ी काठमाडौं स्ट्रन्यालाफ्टङ्ग संघ प्रथम राष्ट्रिय स्तरीय स्टङ्गमेन / स्ट्रेन्थलिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस प्रतियोगिता-२०८० मा करण बाडियाले गोल्ड मेडल विजेता गरेको थियो । वाडिया सङै नेपालगन्जका मोहित गुप्ताले पनि सिलवर र कास्य पदक जितेका छ्न। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x