२८ बैशाख २०८३, सोमबार

नायिका बेनिशा गौतम क्रिकेट रंगाशाला’मा क्रिकेट खेलिन्

एसीपी संवाददाता

६ पुष २०७६, आईतवार १०:३६ मा प्रकाशित

नायिका बेनिशा हमालले शनिबार चितवनमा निर्माण भैरहेको ‘गौतम बुद्द अन्तरराष्ट्रिय क्रिकेट रंगाशाला’मा क्रिकेट खेलिन् । ग्रिष्मा ब्रोडकास्टिङले आयोजना गरेको ‘स्टार क्रिकेट २०२१’मा सहभागी हुन बेनिशा आफ्नो गृहजिल्ला चितवन पुगेकी थिइन् ।

उनको टिमले मैत्रीपूर्ण खेलमा दोश्रो स्थानमा चित्त वुझाएको थियो । ‘धुर्मुस ए’ टिमबाट खेल मैदानमा उत्रिएकी वेनिशा उत्साहित देखिइन् ।

चलचित्रमा अभिनय गरिरहेकी यी सुन्दरीका लागि क्रिकेट खेल हेर्न जती रोचक थियो, खेल्न त्यो भन्दा मुश्किल । तर, पनि आफूले निकै रमाइलो गरेको र क्रिकेटको बारेमा थोरै ज्ञान भएपनि लिएको वेनिशा बताउँछिन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x