निशुल्क स्वास्थ्य सिविर कृष्णनगरमा सन्चालन हुदै
कृष्णनगर, माघ ७
नेपाल प्रहरी श्रीमती संघको आयोजनामा माघ ११ गते बिहिवार कृष्णनगर नगरपालिका वडा नं १२ हृदयनगरमा रहेको राष्ट्रीय आधारभूत विद्यालय प्राङगणमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सिविर सन्चालन हुने भएको छ । यस आसपासका आम नागरिकहरु उपस्थित भै स्वास्थ्य लाभ लिनहुन प्रहरीले अपिल गरेको छ।
माघ ११ गते विहिवारका दिन १० बजे देखि ५ बजेसम्म रहने छ ईलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ ।
उक्त कार्यक्रमको समन्वय जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, कृष्णनगर नगरपालिका, ईलाका प्रहरी कार्यालय कृष्णनगरले गरेको छ।
हाडजोर्नी ,छाला तथा यौन ,मुटु (ईसिजी समेत हुने), प्रसुती रोग, नाक कान घाँटी,सामान्य चिकित्सा लगायतका चिकित्सकहरु रहने जानकारी गराइएको छ।
औषधि निशुल्क पाइने समेत सुचित गरिएको छ ।
थप जानकारीको लागि
985-7051037, 9857055360,9841705137 सम्पर्क गर्न अनुरोध गरिएको छ।



