२४ श्रावण २०८३, आईतवार

नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल शुरु

एसीपी संवाददाता

३० माघ २०७७, शुक्रबार ०४:३४ मा प्रकाशित

नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिबल शुरु नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिबल शुरु भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिनुभयो ।

प्रमुख शाहले अनलाईन तथा ईन्टरनेटमार्फत स्थानीय स्तरमा उत्पादन गरिएका सामानहरुको अन्तरराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको बताउनुभयो । प्रमुख शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताउनुभयो ।

फेस्टिबलको पहिलो दिन करिब १५ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न खानाका परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, शैक्षिक जानकारीमूलक सामाग्री, स्टेण्डप कमेडीहरु लगायत रहेका छन ।

फेस्टिबलमा स्टलहरु राखेका स्थानीय उद्योगी ब्यवसायीहरु यस्तो प्रकारको फेस्टिबलको आयोजनाले स्थानीय बजारमा उत्पादित बस्तुहरुले सहज र सरल रुपमा बजार पाउने बताउछन । कोभिड–१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडि परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिबलको आयोजनाले केहि मात्रामा भएपनि सबैलाई राहत पु¥याउने आयोजकले बिश्वास लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x