नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलको बहुमत
माघ, बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघ नया नेतृत्वको ागि आइतबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा समाबेशी प्यानल बाट उम्मेदवारी दिएका अब्दुल वाहिद मन्सुरी विजय भएका छन ।
संघको निर्वाचनमा अध्यक्ष पदमा समाबेशी प्यानल बाट उम्मेदवारी दिएका अब्दुल वाहिद मन्सुरीले साझा प्रजातान्त्रिक समुह तर्फ बाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ललित कुमार रौनियारलाई प्राजय गरि बिजय भएका हुन ।
आइतबार सम्पन्न भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार वाहिदले १५१० मत ल्याएर बिजय भएका छन भने १२३४ मत ल्याएर पराजित भएका छन ।
संघको उपाध्यक्षको पदमा आदेश कुमार अग्रवाल(उद्योग तर्फ बाट), अमित बस्नेत ( वाणिज्य) बाट बिजय भएका छन ।
संघमा १२ जना सदस्यको लागि निर्वाचनमा समाबेशी प्यानल बाट धर्माराज अर्याल, श्याम सुन्दर अधिकारी, हरिलाल न्यौपाने, मन्दिरा पाण्डे, भिम बहादुर राना भाट, चिरञ्जीवी ओलि, बिजय भणडारि बासु, टंक बहादुर धामी भने साझा प्रजातान्त्रिक समूह बाट विन्दु चर्ती मगर, बिष्णु प्रशाद श्रेष्ठ, टेक बहादुर खड्का र टंक प्रशाद शर्मा बिजय भएका छन ।




