४ असार २०८३, बिहीबार

नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

एसीपी संवाददाता

१३ बैशाख २०८२, शनिबार २२:१५ मा प्रकाशित

नेपालगन्ज बैशाख १३ गते । बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका प्रोप्राइटर हाजी जाकिर हुसैन हलवाईले आफ्ना आभिभावक आमाबुबा तथा कोहलपुर उद्योग व्यापार संघका पदाधिकारीहरुले संयुक्त रूपमा शनिबार रिबन काटेर उद्घाटन गरेको हो ।विगत दुई दशकदेखि नेपालगन्जमा सफलता पूर्वक सेवा प्रवाह गरि लाखौं सेवाग्राहीको मन जित्न सफल भएका आफ्नो पहिलो शाखाको रूपमा मेरो नेपाल स्टोर नामक कोहलपुर एनटिभी रोडनजिक सञ्चालनमा ल्याएका हुन ।

प्रोप्राइटर हलवाईले विगत २० वर्षदेखि नेपालगन्जमा सेवा दिदै आएको र अब कोहलपुरका ग्रहकको इच्छा अनुसार पहिलो शाखा सञ्चालनमा ल्याएको हो । हलवाईले आजको मितिबाट एकसाता सम्म भाडामा हुलास स्टील, फेमस स्टील, बेलटरा आदिमा १०% विशेष छुटको वयवस्था गरिएको बताए ।उद्घाटन कार्यक्रममा पुर्वमन्त्री मोहम्मद इस्तियाक राई, कोहलपुर उद्योग व्यापार संघका पदाधिकारी, व्यापारी, इष्टमित्र, ग्रहक वर्गलगायतको उपस्तिथि थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x