३२ असार २०८३, बिहीबार

पाकिस्तानमा जाफर एक्सप्रेस रेलको अपहरण , बलुचिस्तान सरकारद्वारा आपतकाल घोषणा

एसीपी संवाददाता

२७ फाल्गुन २०८१, मंगलवार १८:२७ मा प्रकाशित

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित बोलान नजिकै क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेललाई गोलीबारी गरेर अपहरण गरिएको छ। बलुच लिबरेशन आर्मी (बीएलए) ले रेल अपहरण गरी १२० यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। आक्रमणमा ६ सैनिकको मृत्यु भएको बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले पुष्टि गरेका छन्।

बलुचिस्तान अलग देश हुनुपर्ने माग गरेर सेनाविरुद्ध संघर्ष गरिरहेको बीएलएले आफ्नो समूहमाथि सैन्य कारबाही भए सबै बन्धकलाई मार्ने चेतावनी दिएको छ। एक सरकारी अधिकारीका अनुसार, ९ कोच भएको यो रेलमा करिब ५०० यात्रु सवार थिए। सुरुङ नम्बर ८ नजिकै हतियारधारी बीएलएले लडाकुले रेल रोकेका थिए। बीएलएले रेलवे ट्रयाक विस्फोट गराएर यो घटना गराएको बताएको छ। बन्धक बनाइएकाहरूमा सेना, प्रहरी र गुप्तचर एजेन्सीका कर्मचारी पनि रहेको दाबी गरिएको छ। तर महिला र बालबालिकालाई छोडिएको उल्लेख छ।

बलुचिस्तान सरकारले आपतकाल घोषणा गरेको छ। क्वेटा र बलुचिस्तानका सरकारी अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ। सम्भावित खतरालाई ध्यानमा राखेर डाक्टर र स्वास्थ्यकर्मीलाई तयारीमा राखिएको छ। रेलवे विभागले उद्धारका लागि थप रेल पठाएको भनेको छ। तर पहाडी क्षेत्र भएकाले सुरक्षा बललाई घटनास्थल पुग्न कठिनाइ भइरहेको छ।

संघ सरकारका गृहमन्त्री मोहसिन नक्वीले घटनाको निन्दा गर्दै आक्रमणकारीहरूलाई कुनै छुट नदिने चेतावनी दिएका छन्। सिन्धका गृहमन्त्री जियाउल हसन लन्जरले पनि कारबाही गर्नुपर्ने कुरामा साथ दिएका छन्। हालसम्म बन्धक छुटाउन ठोस योजना सार्वजनिक भएको छैन। तर उद्धार कार्य र अनुसन्धान जारी छ। एजेन्सीको सहयोगमा नागरिक बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x