१३ मंसिर २०८३, शनिबार

पाकिस्तानमा लोडसेडिङ र ग्यासको कटौतीको विरोधमा महिलाहरुले गरे प्रदर्शन

एसीपी संवाददाता

२ माघ २०७८, आईतवार ०४:४५ मा प्रकाशित

लक्की मारवत । बिजुलीमा अत्यधिक लोडसेडिङ र ग्यासको कटौतीको विरोधमा मंगलबार लक्की शहरमा ‘बुर्का’ लगाएका महिलाले विरोध प्रदर्शन गरेका छन्।

ठूलो संख्यामा महिलाहरू मुख्य बस स्ट्यान्डमा भेला भए र बन्नुलाई पञ्जाबको मियाँवाली जिल्लासँग जोड्ने व्यस्त सडक बन्द गरेका छन्। प्रदर्शनकारीले ग्यास र विद्युत् लोडसेडिङविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

करिब पाँच घण्टा सडक अवरुद्ध हुँदा पैदल यात्रु र अन्य यात्रुलाई सास्ती भएको छ। महिला वक्ताले ग्यास र बिजुलीको अत्याधिक कटौतीले घरपरिवारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा समस्या थपिएको बताए।

“दिनरात धेरैजसो सुविधा ठप्प भएकाले बिहानको खाजा, दिउँसो र बेलुकाको खाना बनाउन धेरै समस्या भोग्नुपरेको बताएका छन्उ । नीहरुले लक्की मारवत सहरमा अघोषित लोडसेडिङ भइरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन माग गरेका छन्।”

आन्दोलनमा इलाकाका अग्रज र निर्वाचित पार्षद पनि सहभागी भएका थिए। त्यसपछि सरकारी अधिकारीहरुले एक साताभित्रै समस्या समाधान गर्ने बताएपछि महिला आन्दोलनकारीले सडक खुला गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x