१३ मंसिर २०८३, शनिबार

पाकिस्तानी आतंकवादीकी विधुवा पत्नीले पाकिस्तानमा कसरी युवाहरुलाई इस्लामको नाममा मार्ने गरेको गरिन खुलासा

एसीपी संवाददाता

१९ पुष २०७८, सोमबार ०२:१० मा प्रकाशित

पाकिस्तानबाट काठमाडौं हुँदै भारतको जम्मुकश्मीर पुगेकी एक मृत आतंकवादीकी विधुवा पत्नीले पाकिस्तानले कसरी युवाहरुलाई इस्लामको नाममा मार्ने गरेको छ भन्ने कुराको खुलासा गरेकी छन् । रजिया नाम गरेकी ती महिलाले पाकिस्तानले कसरी आफुलाई प्रयोग गरे बेसाहारा छोडिदियो भन्ने कुरा खुलासा गरेकी हुन् ।

आतंकवादीकी पत्नी हुँदा हुँदै पनि भारतमा भने उनले सुरक्षीतरुपमा बस्न पाएकी छन्, भने उनलाई पुनर्वास दिइएको छ ।

रिपब्लिक टिभिको रिपोर्ट अनुसार जम्मुकश्मीरको बन्दीपोरा क्षेत्रमा रजियाको जन्म भएको थियो । ४ वर्षको उमेरमा उनलाई पाकिस्तानको मुज्फराबादमा लगिएको थियो ।

त्यसपछि सन् २००८ मा उनको विवाह एक मुजाहिद्दिनका आतंकवादीसँग गराइएको थियो । तर, उनका पती अर्थात् ती आतंकवादी भारतीय सुरक्षाबलसँगको मुठभेटमा मारिएका थिए । रजियाका पतीसँगै अन्य ४ आतंकवादी मारिएका थिए ।

पतीको मृत्युपछि उनलाई पाकिस्तानले हजर्ना स्वरुप ३० हजार रुपैयाँ दिएको उनले बताइन् । त्यसपछि उनलाई खर्च चलाउन कहिले १२ हजार त कहिले १० हजार रुपैयाँ मात्रै दिइने गरेको उनी आफैले बताइन् ।

तर, घरभाडा र बच्चाहरुलाई पढाउन समेत उक्त पैंसा नपुगेपछि उनी कहिले भाँडा धुने त कहिले लुगा सिल्ने काम गरेर गुजरा चलाउने अवस्थामा पुगिन् । यद्यपि, यसले पनि उनलाई दुई गासा मिल्न सकेन् ।

पाकिस्तानमा बिताएको जिवनलाई सम्झीदै उनले भनिन्, ‘त्यो भयंकर डरलाग्दो थियो, म हरेक दिन अर्को दिन बच्चाहरुलाई के खुवाउने भन्ने चिन्तामा हुन्थे ।’

सन् २०२० देखि उनलाई पाकिस्तान सरकारले यति सानोतिनो पैंसासमेत दिन छोडेपछि उनी झनै बिचल्लीमा परिन् ।

खानै र बाँच्नै मुस्कील भएपछि अब, उनले एक मात्रै विकल्प अर्थात् भारत फकिर्नेबारे सोच्न थालिन् । तर, उनीसँग त्यसका लागि पनि पैंसा थिएन ।

साथीहरुको सहयोगबाट उनले जसोतसो भारत पुग्नेसम्मको पैंसा जुटाइन् । पाकिस्तानबाट उनी कतार पुगिन् । कतारबाट रजिया नेपालको राजधानी काठमाडौं आइपुगिन् ।

काठमाडौंबाट भारतको नयाँ दिल्ली र त्यसपछि उनी बल्ल कश्मीरको यात्रामा हानिइन् । कश्मीर पुग्दा उनलाई ४ दिनसम्म प्रहरी हिरासतमा राखिएको उनी बताउँछिन् । तर, हिरासतमा प्रहरीले आफ्नो र आफ्ना बच्चाहरुको उचित ख्याल राखेको आतंकवादीको पत्नी भएको कुरामा समेत कुनै दुख कष्ट नदिएको उनले बताइन् ।

अहिले भारत आएको करिब १५ दिन भएको र आफु आनन्दसँग बाचिरहेको उनले बताएकी छन् । भारतले आफुलाई स्वीकारमात्रै हैन्, पुर्नवाससमेत दिएकोमा उनी निकै खुी छन् ।

पाकिस्तान र आतंकवादको विषयमा भने उनले रोचक कुरा खुलासा गरेकी छन् । पाकिस्तान स्थित आतंकवादी समुहहरुले कयौं युवाहरुको जिन्दगी बर्बाद गरिरहेको उनले बताइन् । इस्लामका नाममा युवाहरुलाई भड्काएर आतंकवादी बनाउने र मरे पनि इस्लामकै लागि मरिन्छ भनेर मानसिकरुपमा तयार पारिने गरेको उनको भनाइ छ ।

त्यसपछि आतंकवादीको मृत्यु भएका उसको परिवारको उचित हेरबिचार र पैंसा दिने भनेर आतंकवादीहरुलाई तयार पार्ने गरेको उनको भनाइ छ ।

तर, आतंकवादीको मृत्यु भएमा परिवारलाई समेत बिचल्लीमा पार्ने गरेको उनले बताइन् । इस्लामका नाममा कयौं निर्दोष युवाहरुलाई आतंकवादी बनाएर उनीहरुको ज्यान लिनुका साथै परिवारलाई समेत बिचल्लीमा पार्ने गरेको उनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x