९ कार्तिक २०८३, आईतवार

पाकिस्तानी प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकारको जागीर च्याट

एसीपी संवाददाता

२७ असार २०८०, बुधबार १९:१० मा प्रकाशित

 

पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पीटीभीमा आवद्ध पत्रकार आजम चौधरीले आफूलाई टेलिभिजनको सेवाबाट हटाएको बताए ।

लाहोर प्रेस क्लबका अध्यक्षसमेत रहेका चौधरीले जुन ३० मा पञ्जावको गभर्नर हाउसमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शहबाज सरिफलाई प्रेस स्वतन्त्रताका बारेमा प्रश्न सोधेका थिए ।

त्यो पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री इशाक डार र मरियम ‍औरन्गजेब समेत सहभागी थिए ।

पाकिस्तानको एआरवाई न्युजका अनुसार पत्रकार चौधरीले विचार अभिव्यक्तिको स्वतन्त्रताबारे प्रधानमन्त्रीको भनाइ र व्यवहारमा भइरहेको वास्तविकताबारे फरक रहेको भन्दै प्रश्न गरेका थिए ।

द नेसन पाकिस्तानका अनुसार चौधरीले सञ्चार माध्यममाथि लागेको अघोषित बन्देज कहिलेसम्म हट्ट भनेर पनि प्रश्न गरेका थिए ।

पाकिस्तानका सूचना मन्त्री मरियम ‍औरन्गजेबले भने चौधरीलाई सेवाबाट हटाइएको भन्ने दाबी गलत रहेको बताएका छन् ।

ट्वीट गर्दै उनले चौधरी पीटीवीमा कर्मचारीका रुपमा नभइ विश्लेषक समूहको सदस्यका रुपमा रहेको र त्यसबाट नहटाइएको बताएका छन् । औरन्गजेबले ट्वीटरमा लेखेका छन्, ‘उनलाई विश्लेषक समूहको सदस्यबाट हटाइएको छैन र हटाइने पनि छैन ।’ एजेन्सी न्युज

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x