पाकिस्तान माथी बिश्व बैंकको प्रतिबन्ध लगाउने तयारी के छ कारण ?
३१ गते असोज २०७८ आइतबार । पाकिस्तानले अब विदेशी ऋण लिन नपाउने गरि प्रतिबन्ध लगाउने तयारी रहेको विश्व बैंकको एक रिपोर्टमा भनिएको छ ।
पाकिस्तान सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० देशमा परेको छ र कोभिड–१९ महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब उसलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने विश्व बैंकको रिपोर्टमा भनिएको छ । पाकिस्तानले आफ्न छिमेकी देश भारतले आयात निर्यातमा गरेको कडाईका कारण पाकिस्तानको अर्थतन्त्रमा ठुलो झटका लागेको हो । जस कारण सरकार चलाउनका लागि पाकिस्तान ऋण धासिदै गएको छ । बिश्व बैंकका अनुसार
१० सबैभन्दा ठूला डीएसएसआई योग्य ऋणी देशको संयुक्त विदेशी ऋण सन् २०२० को अन्त्यमा पाँच सय नौ बिलियन डलर थियो, यो सन् २०१९ को तुलनामा १२ प्रतिशत धेरै हो ।
सबैभन्दा धेरै ऋण लिने १० देशमा अङ्गोला, बङ्गलादेश, इथियोपिया, घाना, केन्या, मङ्गोलिया, नाइजेरिया, पाकिस्तान, उज्वेकिस्तान र जाम्बिया रहेको विश्व बैंकको रिपोर्टमा भनिएको छ । पाकिस्तानको हालत पनि श्रीलंका जस्तो न होस किन पाकिस्तानमा सबै बढी लगानी चिनको रहेको छ । श्रीलंकाले ऋण तिर्न नसक्दा एउटा् एयरपोर्ट ९९ सय बर्सको लागि चीन लाई दिनु पर्यो यस्तै पाकिस्तान नहुने भन्ने छैन ।
यसअघि पाकिस्तानले लिएको ऋणमा ४० प्रतिशत योगदान इमरान खान सरकारको रहेको रिपोर्ट पनि सार्वजनिक भएको थियो । यता नेपालले पनि विदेशी ऋण धेरै नै लिइसकेकाले भोली पाकीस्तानकै नियती भोग्न नपर्ला भन्न सकिन्न । अहिले चीनले शुरु गरेको विभिन्न परियोजना अनुदान कम ऋण बढी रहेकोले यसमा पनि बिचार गर्न जरुरी भएको छ । चीनको वान वेल्त वन रोडले पनि नेपाल माथी ऋण थुप्रो हुने हो कि भन्ने संका रहि आएको छ ।


