१३ मंसिर २०८३, शनिबार

पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता

एसीपी संवाददाता

८ माघ २०७८, शनिबार ००:५२ मा प्रकाशित

एजेन्सी = उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)को कंगो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएका स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुन सक्ने  संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उदृत गर्दै जनाएको छ। कंगो नदीमा  प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x