१३ मंसिर २०८३, शनिबार

पृथ्वी जयन्तीको अवसरमा नेपालगन्ज र्‍याली

एसीपी संवाददाता

२७ पुष २०७८, मंगलवार १४:२२ मा प्रकाशित

श्याम कुमार शाहु । नेपालगन्जमा आज पृथ्वी जयन्तीको अवसरमा नगर परिक्रमा गरिएको छ । राप्रपा नेपाल बाके र राप्रपा युवाहरुको सयुक्त पहल भब्य र्‍याली प्रदर्शन गरिएको हो । उक्त र्‍यालीमा पृथ्वीनारायण शाहले कसरी देश एकीकरण गरि समृद्ध नेपाल निर्माण गरिएको भन्ने सन्देश आउने युवाहरुमा फैलियोस भन्ने मुल नाराका आज पृथ्वी जयन्ती मनाएका छ्न । यसैबीच नेपालगञ्ज उपमहानगरपालिका वाड नं ५ मा आज पृथ्वीनारायण शाहको नाममा चोक घोषणा गरिएको छ । पृथ्वीनारायण शाहको ३००औ जन्मजयन्तीको अवसरमा चोक घोषणा गरिएको आयोजक तर्फ बाट सलीम अहमदले जनाएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयमा बिहान पृथ्वीनारायण शाहको तस्बिरमा मालाअर्पण नेपालगन्जमा राप्रपाका नेता तथा कार्याकर्ताको उपस्थितिमा चोकको नाम पृथ्वी नारायण चोक घोषणा गरिएको हो ।
चौकमा पृथ्वी नारायण शाह चोक नाम आज चिनिने र यश आम जनतामा समेत जागरुकता आउने राप्रपाका युवा नेता सलीम अहमदले बताएका हुन ।
उक्त अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, गौरव चन्द, ओम प्रकाश आजाद लगायत राप्रपाका नेताहरुको सहभागीता रहेकोे थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x