३० श्रावण २०८३, शनिबार

प्रधानमन्त्रीले दिए आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई बधाई

एसीपी संवाददाता

१७ कार्तिक २०८०, शुक्रबार १४:५५ मा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिएका हुन् ।

पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै नेपाली क्रिकेटको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x