प्रधानमन्त्री लोकतान्त्रिक रूपमा निर्वाचित सरकार प्रमुख भएको र उनले एउटा राज्यको मात्र नभई सिंगो राष्ट्रको प्रतिनिधित्व गर्र्ने हुँदा देशको नेतृत्व गर्ने नेताको अख्तियारलाई कसैले पनि कमजोर पार्नु नहुने संघले जनाएको छ। यो सुरक्षा व्यवस्थालाई यसरी कमजोर पार्न खोज्नु दुःखद भएको बताइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको वरिपरि एक मुट्ठीभर अनियन्त्रित भीडले भ्रमणलाई बाधा पुर्याउन अनुमति दिएकोले जनतालाई भेट्ने र अभिवादन गर्ने आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने योजना बनाएको लर्ड रामी रेन्जर सीबीईका संस्थाका अध्यक्षले एक विज्ञप्तिमाफर्त भनेका छन्।
संघले प्रधानमन्त्रीले पञ्जाबका जनताका लागि के सन्देश दिन्छन् भनेर हेर्नको लागि राष्ट्र पर्खिरहेको समयमा यस्ते कमजोरी गर्न नहुने र देशको नेतृत्व गर्ने व्यक्तिलाई उच्च सम्मान दिनुपर्नेसमेत बताएको छ। पञ्जाबका जनताको लागि प्रधानमन्त्ती मोदीको जत्तिको काम अरू कुनै प्रधानमन्त्रीले नगरेकासमेत संघले दाबी गरेको छ।
उनले जनताको धार्मिक भावनाको सम्मान गर्न करतारपुर करिडोर खोलेको र सिख गुरुहरूको शिक्षा र जीवनलाई संसारमा प्रवर्द्धन गर्ने बाटोबाट बाहिर निूिस्कएको बताइएको छ। उनले प्रधानमन्त्रीले सिख धर्मका संस्थापक गुरु नानक देवजीको ५५० औँ जन्मजयन्ती मनाएको स्मरण गरे।
त्यसैगरी, दशौँ गुरु गोविन्द सिंह जीको ३५०औँ जन्मजयन्ती र नवौँ गुरु तेगबहादुर जीको ४००औँ जन्मजयन्ती मोदीजीको प्रयासबाट स्वीकार गरी मनाइएको उनले बताए।