१८ आश्विन २०८३, आईतवार

बिजेता खेलाडीलाई मन्त्री अथकद्धारा विमानस्थलमा भव्य स्वागत नगद पुरस्कारको निर्णयले खेलाडीहरु उत्साहित

एसीपी संवाददाता

१५ पुष २०७८, बिहीबार ११:५५ मा प्रकाशित

काठमाडौं, पौष १५ । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल
हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरीएको छ ।

प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमानस्थल पुगेरै स्वागत गर्नुभएको हो । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुग्नुभएका मन्त्री
अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिनुभएको छ । त्यसक्रममा बाजा बजायर स्वागत गरिएको थियो ।

६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता
महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो ।

खेलाडीहरुलाई स्वागत गर्दै मन्त्री अथकले नेपाली टिमको जितले गौरबको अनुभुती भएको बताउनुभयो । देशको पहिचान र गौरव बढाउने राष्ट्रिय
टिमका खेलाडीहरुलाई स्वागत गर्ने अबसर प्राप्त भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गर्नुभयो । महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री अथकले आगामी दिनमा थप
जिम्मेवार र लगनशिल भएर खेल्न खेलाडीहरुलाई आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय खेलका रुपमा रहेको भलिबललाई ब्यवस्थित रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राख्दै मन्त्री अथकले भलिबलकालागि छुट्टै कवर्डहल निर्माणका लागि
पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । “राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको अहिलेसम्म एउटा पनि भौतिक संरचना नहुनु दुखद हो” मन्त्री
अथकले भन्नुभयो, “ढुक्क हुनुहोस, अब भलिबलको आफ्नै कबर्डहल हुनेछ ।”

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशीले सम्मान गर्ने सरकारको निर्णयले
थप हौसला बढाएको बताउनुभयो । “तपाईहरुले हाम्रो हौसला बढाईदिनुभएको छ । जुन सफलता हासिल गरेका छौँ, अझै हामीले जिम्मेवारी थपिएको
महशुस गरेका छौँ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छु”, अरुणाले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x