३१ श्रावण २०८३, आईतवार

बिश्वकप क्रीकेटमा आज भारत र साउथ अफ्रिका खेल्दै , भारतको पहिलो ब्याटिङ

एसीपी संवाददाता

१९ कार्तिक २०८०, आईतवार १४:१० मा प्रकाशित

विश्वकप क्रिकेटमा आज हुने खेलमा भारतले पहिलो ब्याटिङ गर्ने भएको छ ।   भारत र दक्षिण अफ्रिकाको प्रदर्शन उत्कृष्ट रहेको छ ।  भारतीय टोलीले लगातार सात म्याच जितेको छ भने दक्षिण अफ्रिकाले सातमध्ये छ खेल जितेको छ।  दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।  भारतले यो खेल जित्यो भने अंक तालिकाको शीर्ष स्थानमा रहने सुनिश्चित हुनेछ ।

विश्वकप क्रिकेटमा भारत र दक्षिण अफ्रिकाबीच हालसम्म ५ खेल भइसकेका छन् ।  यस अवधिमा दक्षिण अफ्रिकाले ३ खेल जितेको छ भने भारतले २ खेल जितेको छ ।  एकदिवसीय क्रिकेटमा दुई टोलीबीच खेलेका ९० खेलमध्ये भारतले ३७ र दक्षिण अफ्रिकाले ५० जित हात पारेको छ भने तीन खेल अनिर्णित रह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x