१३ मंसिर २०८३, शनिबार

बिश्व अझैं संकटमा, डब्लुएचओले दियो खतरनाक चेतावनी

एसीपी संवाददाता

११ माघ २०७८, मंगलवार ०२:१८ मा प्रकाशित

एजेन्सी। कोरोना भाइरसको महामारीले दुनिया अथवा विश्व अझैं संकटमा रहने देखिएको छ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ)ले कोरोना भाइरसको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु खतरनाक हुन सक्ने भन्दै चेतावनी दिएको हो ।

डब्ल्युएचओले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको हो।

डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए।

कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन्।

उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x