२८ कार्तिक २०८३, शुक्रबार

बिश्व कप क्रीकेट २०२३ को बिजेता बन्यो अस्ट्रेलिया

एसीपी संवाददाता

३ मंसिर २०८०, आईतवार २१:५१ मा प्रकाशित

२०२३ को विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको छ ।  ट्राभिस हेड र मार्नस लाबुस्चेन अष्ट्रेलियाको यो जितका नायक रहे ।  आजको फाईनल  खेलमा २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४७ रनमा मात्रै तीन विकेट गुमाएको थियो ।  यसपछि हेडले १२० बलमा १३७ रन बनाएका थिए भने लाबुस्चेनले ५८ रनको अविजित इनिङ खेलेर आफ्नो टोलीलाई जित दिलाएका हुन ।  अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन बनेको छ ।  फाइनल खेलमा कुनै पनि भारतीय बलर प्रभावकारी देखिएनन् ।  तर, बुमराह र शमीले प्रारम्भिक ओभरमा भारतको आशा जगाए पनि त्यसपछि दुवै प्रभावहीन देखिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x