३० श्रावण २०८३, शनिबार
बिश्व कप २०२३ मा अस्ट्रेलियाले रच्यो इतिहास
भारतले आयोजना गरिरहेको एकदिवसीय विश्वकप २०२३ मा अस्ट्रेलियाको टोलीले इतिहास रचेको छ। बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले पराजित गरेको छ। यो रनका हिसाबले विश्वको शीर्ष स्थानमा छ। बिश्व कपको इतिहासमा सबैभन्दा ठूलो जीत हो ।
यसअघि पनि विश्वकप इतिहासमा रनको हिसाबले सबैभन्दा ठूलो जितको कीर्तिमान अष्ट्रेलियाको थियो, जसले मार्च २०१५ मा अफगानिस्तानलाई २७५ रनले पराजित गरेको थियो। यसपछि सबैभन्दा ठूलो जित भारतको नाममा छ, जसले मार्च २००७ मा बर्मुडालाई २५७ रनले पराजित गरेको थियो ।
साथै, यो एकदिवसीय इतिहासमा दोस्रो ठूलो जीत हो। समग्र एकदिवसीय खेलमा सबैभन्दा ठूलो जितको कीर्तिमान भारतको नाममा छ, जसले जनवरी २०२३ मा श्रीलंकालाई ३१७ रनले पराजित गरेको थियो। यो खेल तिरुवनन्तपुरममा खेलिएको थियो।
Subscribe
Login
0 Comments


