२ कार्तिक २०८३, आईतवार

बीआरआईको सम्झौता सार्वजनिक माग , चर्को ब्याजमा ऋण लिएका कम्युनिस्ट नेताहरुको हरायो निन्द्रा

एसीपी संवाददाता

८ फाल्गुन २०७८, आईतवार १८:१८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रभावशाली नेता अभिषेकप्रताप शाहले बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना बीआरआईको सम्झौता सार्वजनिक माग गरेका छन् । तत्कालीन नेकपा (कम्युनिस्ट) पार्टीले चीनसँग चर्को ब्याजदरमा गरेको ऋण सम्झौताको गोप्य दस्तावेज सार्वजनिक गर्न सांसद शाहले माग गरेका हुन् । एमसीसी अनुदान परियोजनामा कम्युनिस्ट पार्टीले दोहोरो चरित्र देखाएपछि श्रीलंकाकै हालतमा नेपाललाई पुर्याउने बीआरआईमा कम्युनिस्टहरुले गरेको राष्ट्रघात सार्वजनिक गर्न कांग्रेस सांसदले माग गरेका हुन् ।

उनले भनेका छन्, ‘तत्कालीन कम्युनिस्ट सरकारले चीन संग गरेको गोप्य समझौता बी॰आर॰आई॰(BRI) को आधिकारिक काग़ज़ सम्पूर्ण सांसदहरु लाई अध्यंनको लागि तुरन्त उपलब्ध गराऊ ।’

बीआरआईमा १८ प्रतिशतसम्मको चर्को ब्याज असुल्ने परियोजनमा नेपालले हस्ताक्षर गरेको छ । यसमा कम्युनिस्टहरु सत्तामा भएका बेला हस्ताक्षर भएको हो । बीआरआईमा राष्ट्रघात गर्ने कम्युनिस्टहरु अहिले चीनको पछि लागेर एमसीसीमा दोहोरो रणनीति अख्तियार गरेर विश्वमै नेपालको धज्जी उडाउन सक्रिय छन् ।

बीआरआईअन्तर्गतका परियोजनामा ऋणवापत १८ प्रतिशतसम्म ब्याज लागु हुनेगरी सम्झौता गरिएको छ । ब्याज तिर्न नसक्दा श्रीलंकाले रणनीतिक रुपले महत्वपूर्ण बन्दरगाह हम्पटन बन्दरगाहलाई ९८ वर्षका लागि चीनलाई सुम्पिन बाध्य भएको छ । नेपालमा पनि त्यो अवस्था आउने सम्भावना रहँदा अमेरिकाले अनुदानमा पैसा दिँदा पनि कम्युनिस्टहरुलाई पचेको छैन ।

उनीहरु ऋणमा फसाएर देशलाई चीनको गुलाम बनाउन सक्रिय छन् । तर एमसीसी अनुदान हो । यसले विशुद्ध देशको सडक र विद्युत प्रसारण लाइनको विकास हुनेछ । जुन देश विकास तथा समृद्धिमा महत्वपूर्ण कदम हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x