११ भाद्र २०८३, बिहीबार

बुटवलमा हायात होटेल संचालनमा

एसीपी संवाददाता

२५ कार्तिक २०८२, सोमबार १०:०८ मा प्रकाशित

रुपन्देही – बुटवल मा साढे ३ अर्ब लगानीमा बनेको पहिलो पाचतारे होटल “हायात प्यालेस” आज देखि बिधिबत संचालनमा आएको छ । रुपन्देही जिल्लामा सबै भन्दा ब्यस्त बजार रहेको बुटवलमा उक्त हायात होटेल संचालनमा आएको हो ।
बुटवल बजार नजिकै रहेको हायात होटेल २५ कट्ठा क्षेत्रफलमा निर्माण भएको । होटलमा कुल १०९ वटा कोठा ,रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङकेट हल, क्यासिनो, स्पा, ४ वटा सेमिनार हल र अन्य सुविधाहरू रहेको होटेल ब्यवस्थापनले जनाएको हो । हायात होटल संचालनमा आउदा थुप्रै जनाको रोजगारी सृजना हुने भएको हो । यस होटेलको ग्रान्ड ओपिनिन हुने तयारी रहेको र त्यसको तयारी तीब्र रहेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x