९ आश्विन २०८३, शुक्रबार

बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमणले बेहाल चिनियाँ सरकार

एसीपी संवाददाता

९ पुष २०७९, शनिबार ०८:३६ मा प्रकाशित

चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ ।

जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x