१३ मंसिर २०८३, शनिबार

भारतको उत्तर प्रदेशको निर्वाचन यादव परिवारमा बिद्रोह बढदै

एसीपी संवाददाता

५ माघ २०७८, बुधबार १४:१८ मा प्रकाशित

रिसभ सिंह वाडिया नेपालगन्ज = भारत राज्य उत्तर प्रदेशमा आसन्न प्रदेशको निर्वाचन अहिले झन रोचक मोड पुगेको छ । जहाँ भारतीय जनता पार्टीका नेतालाई समाजवादी पार्टीमा सहभागी भएका छन त्यस्तै विपक्षमा रहेका समाजवादी पार्टीका मुख्यमन्त्रीको दावेदार रहेका यादव परिवारमा नै बिदोह शुरु भएको छ । अहिले समाजवादीका नेता अखिलेश यादवले भने, ‘सबैभन्दा पहिले म बधाई तथा शुभकामना दिन चाहन्छु र साथै समाजवादी विचारधारा विस्तार हुँदै गएकोमा हामी खुसी छौं । मलाई आशा छ कि हाम्रो विचारधाराले त्यहाँ संविधान बचाउनेछ।” के अपर्णालाई मुलायम सिंह यादवको आशीर्वाद छ? जवाफमा अखिलेशले भने, “नेताजीले धेरै व्याख्या गर्ने प्रयास गरे।” अहिले मुख्यमन्त्री दावी गर्ने अखिलेश कि भाइ बुहारी भारती य जनता पार्टीमा सामिल हुन पुगिन यसरी हेर्ने हो भने जति बिजेपिलाई झडका लागेको छ त्यो भन्दा बढी झडका सपालाई लागेको छ । परिवारकै बिवाद चरम सिमा नाघेको छ ।

सपाले टिकट नदिँदा अपर्णाले पार्टी फेरेकी हुन् ? सोध्दा अखिलेशले भने, ‘अहिलेसम्म टिकट बिक्री भएको छैन । टिकट कसले लिने र कसले नपाउने त्यो क्षेत्र र जनतामा भर पर्छ । आन्तरिक सर्वेक्षणमा पनि भर पर्छ । अपर्णा यादवको खिल्ली उडाउँदै अखिलेशले आफूलाई जनावरको सेवा मनपर्ने बताए । आज यूपीमा गाईहरू भोकाएका छन्। उता बिजेपी वर्तमान मुख्यमन्त्री महन्त योगि आदित्य नाथलाई नै बनाउने भएको छ । र भारतिय संचारमाध्यमको सर्बेले नि योगि आदित्य नाथ नै लोक प्रिय रहेको दावी गर्दै आएको छ । हुने नेपाल सङ सिमानाका जोडिएको उत्तर प्रदेशको चासो हो तर उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथ नै पहाडी मुलका हुन उनको पुरै नाम अजय सिङ बिष्ट हो उनी स्यानैमा महन्त बनेका हुन यसरी नेपालमा पनि उनी सरै लोकप्रिय रहेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x