२८ कार्तिक २०८३, शुक्रबार
भारतले पाकिस्तानलाई दियो ३ सय ५७ रनको लक्ष्य
एसिया कप २०२३ को सुपर–४ राउण्डको खेल भारत र पाकिस्तानबीच कोलम्बोमा भारतले आफ्नो ईनिङ पूरा गरेको छ । वर्षाका कारण यो खेल रिजर्भ डेमा हुँदैछ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २ विकेट गुमाएर ३ सय ५६ रन बनाएको छ । पाकिस्तानले अब जित्नको लागि ३ सय ५७ बनाउनु पर्ने छ । हिजो वर्षा सुरु हुनुअघि भारतले विष्फोटक ब्याटिङ गर्दै २४.१ ओभरमा १४७ रन बनाइसकेको थियोे । ६ भन्दा माथिको रनरेटमा दौडिरहेको भारत विशाल स्कोरतर्फ अग्रसर हुँदै ५० ओभर मा ३५६ रन बनाएको छ ।
Subscribe
Login
0 Comments


