१३ मंसिर २०८३, शनिबार

भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै 

एसीपी संवाददाता

२८ मंसिर २०८०, बिहीबार १७:१९ मा प्रकाशित

श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका स्रोतले जानकारी गराएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक सन् २०२४ जनवरीको पहिलो साताका निम्ति तय गरिएको छ । बैठक नेपाल र भारतका विदेशमन्त्रीको नेतृत्वमा हुनेछ ।

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा २०२१ जनवरी दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल गर्ने गरिन्छ ।

यस्तै, २००९ मा नेपाल–श्रीलंका संयुक्त आयोगको स्थापना गरिएको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणका बेला संयुक्त आयोग गठन गरिएको थियो । बारहखरी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x