भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ चार स्वास्थ्यकर्मी विपन्न परिवार खोज्दै ।
नेपालगन्ज ।
लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई राहत वितरण गर्दै आएकी चार स्वास्थ्यकर्मी आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को अनुगमन गरेका छ्न

माया फार्मेसी नेपालगन्जकि प्रोपराइटर रहेको लाल माया शाहीको नेतृत्वमा विपन्न परिवारलाइ खाद्यान्न सहयोग अभियानमा स्वास्थ्यकर्मी अनिता थापा ,झरना बुढाथोकी चित्रा खड्काले साथ दिए पछि अहिले गाउँ टोल पहिला अनुगमन गरेर अवस्था बुझेर खाद्यान्न सहयोग गर्ने गरेकी छ्न ।

यो भन्दा पहिला जानकी गाँउपालिका वडा नम्बर ३ इन्द्रपुरमा रहेका सीमान्तकृत लोपोन्मुख जाती कुशवन्धियालाई ४० परिवार लाई चामल २५ केजि , दाल २ केजि, २ केजि तेल, नुन र साबुन वितरण गरिएको अभियानकि संयोजक लाल माया शाहिले जानकारी दिनु भयो ।
नेपालगन्ज मेडिकल कलेज नर्सिङहोममा कार्यरत चार स्वास्थ्यकर्मी बिभिन्न सामाजीक काम गर्दै आएको छ्न ।

कोरोना महामारीले विश्व नै प्रभावीत भईरहेको बेला कोही परिवारमा खानाकै समस्या नहोस् भनेर अति बिपन्न परिवार लाई सहयोग गरेको चार स्वास्थ्यकर्मिको भनाइ रहेको थियो ।
लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा राहत सामाग्री वितरण गर्ने निरन्तर लामो अभियान अगाडि बढाउने जानकारी दिनु भएको छ । स्वम आफै त्यहाँ पुगेर के कस्ता समस्या छ्न बुझेर राहत बितरण गर्ने गरेको लाल माया शाहिले जानकारी दिनु भयो ।


