८ आश्विन २०८३, बिहीबार

महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

एसीपी संवाददाता

८ असार २०७९, बुधबार २०:०८ मा प्रकाशित

नेपालगन्ज  असार । अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रीय
महाधिबेशन तथा १४औ साधारण सभाको तयारी शुरु गरिएको छ । संघको
केन्द्रीय महाधिबेशन तीन महिनाभित्र गर्ने निर्णय गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा आज
बुधबार बसेको बैठकले महाधिबेशनको तयारीका लागि नयाँ सदस्यता
आबेदन र सदस्यता नविकरणका लागि सर्कुलर जारी गरेको छ ।
काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया
जिल्ला शाखामा रहेका सम्पुर्ण सदस्यहरुको नविकरण र नया सदस्यताका लागि
आबेदन खुल्ला गरिएको बैठकले निर्णय गरेको छ । नयाँ सदस्यता र
नविकरण पश्चात जिल्ला शाखाहरुको अधिबेशन गरिने छ । सोका लागि सबै
जिल्ला शाखाहरुलाई १५ दिनभित्र आफना सदस्यहरुको नविकरण गर्न
केन्द्रीय समितिले अनुरोध गरेको छ ।
बैठकले संघको प्रशासनिक कार्यालयको दैनिक कार्य सञ्चालनका लागि संघका
सदस्य भिष्म लोधलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले अवधी
समुदायका अगुवा चित्रकार आशाराम मौर्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली
व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x