१३ मंसिर २०८३, शनिबार

मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न अभियोगमा फरार रहेका एक जना पक्राउ

एसीपी संवाददाता

८ पुष २०७८, बिहीबार ०५:४५ मा प्रकाशित

८ गते पौष  २०७८  । जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न रहेको अभियोगमा २२ वर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन ।

बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका-३ जन्मस्थान भएका ५२ वर्षीय युवराज गुरुङलाई गत मंसिर २३ गते प्रहरीले पक्राउ गरेको प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।

एक महिलालाई वैदेशिक रोजगारीको सिलसिलमा बेल्जियम लैजाने भन्दै गुरङ समेतले ललाई फकाई पीडित महिलाको करिब ५० हजार रुपैयाँ नगद, सुनका गहना तथा घर समेत बिक्री गर्न लगाको रकम सहित २०५५ सालमा घरबाट काठमाडौं ल्याई आफन्तसँग सम्पर्क गर्न नदिई लुकाई बेपत्ता बनाएको भनी जिउ मास्ने बेच्ने मुद्दाको थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न नेपाली मूलका बेल्जियम नागरिक गुरुङलाई बेल्जियमबाट नेपाल आएको वखत प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनी नेपालतर्फ कृषिजन्य वस्तुको व्यापार व्यवसाय गर्ने सिलसिलामा नेपाल आएको बेला ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ गरेको हो ।

गुरुङ समेतले पीडित महिलालाई नेपालबाट बेल्जियम जान मिल्दैन भारतको बाटो हुँदै जानुपर्छ भनि भारतको नयाँ दिल्लीसम्म ओसारपसार गरी एक महिनासम्म अलपत्र बनाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उक्त बिषयमा थप आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले बुधबार जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x