११ भाद्र २०८३, बिहीबार

मायादेवी गाउँपालिकाद्वारा  बैदेशिक रोजगार सन्तती का लागि छात्रवृति योजना

एसीपी संवाददाता

१६ कार्तिक २०८२, शनिबार १०:०५ मा प्रकाशित

कपिलवस्तु – मायादेवी गाउँपालिका गाउँ कार्यपालिकाले  बैदेशिक रोजगार सन्तती का लागि छात्रवृति सहायताका लागि निवेदन दिन अवहान गरेको छ ।

गाउँपालिकाले रोजगारीको शिलशिलामा बैदेशिक रोजगारमा गई दुर्भाग्यवस मृत्यू भएका नेपाली नागरिकका छोरा/छोरी लाई शैक्षिक अध्ययनमा सहयोग पुग्ने गरी बैदेशिक रोजगार बोर्डबाट छात्रवृति रकम वितरण हुने कार्य हुँदै आएको गाउँपलिकाले जनाएको छ ।

सोही अनुसार शैक्षिक सत्र २०८२।०८३ का लागि छात्रवृति पाउन इच्छुक वि‌द्यार्थीहरुले आफ्नो कागजात सहित यस मायादेवी गाउँपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन पेश गर्नु  सुुुचना प्रकाशित गरेको छ ।

छात्रवृत्ति लिने इच्छुक विद्यार्थीले निम्न कागजातहरु समेत पेश गर्नु पर्ने सुचनामा उल्लेख गरेको छ ।

क) श्रमिकको राहदानीको प्रतिलिपि वा सम्बन्धित कागजात,

ख) छात्र/छात्रा वा निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बैंक चेकबुकको प्रतिलिपि,

ग) मूत्यू दर्ता प्रमाणपत्र अथवा अंगभंग वा गम्भीर बिरामी भएको प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपि,

घ) छात्र/छात्रा र श्रमिक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,

ङ) सम्बन्धित स्थानिय तहको सिफारिसको प्रतिलिपि,

च) अध्ययन गरिरहेको कक्षा खुल्ने विद्यालयको सिफारिस,

छ) निवेदकको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,

निवेदन दिने अन्तिम मितिः २०८२ कार्तिक मसान्त सम्म रहेको मायादेवी गाउँपालिकाले जारी सूचनामा उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x