११ भाद्र २०८३, बिहीबार

मायादेवी गाउँपालिकामा “स्वच्छ खाना पकाउने समाधान” परियोजना सुरु ।।

एसीपी संवाददाता

१७ कार्तिक २०८२, आईतवार १९:१५ मा प्रकाशित

मायादेवी गाउँपालिकामा “स्वच्छ खाना पकाउने समाधान” परियोजना सुरु ।।

कपिलवस्तु _ हरित जलवायु कोषको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र मायादेवी गाउँपालिका कपिलवस्तुको सहकार्यमा “स्वच्छ खाना पकाउने समाधान (सीसीएस) परियोजना” सञ्चालनमा आएको छ । परियोजनाले गाउँपालिकामा स्वच्छ, दिगो र वातावरणमैत्री ऊर्जा प्रविधि विस्तार गर्ने लक्ष्य लिएको छ ।

परियोजनाअन्तर्गत गाउँपालिकाका आठ वडामा विद्युतीय चुलो, सुधारिएको तह ३ चुलो र चार घनमिटर क्षमताको घरेलु बायोग्यास प्लान्ट वितरण गरिनेछ । विद्युतीय चुलो प्रति थान ९५२ रुपैयाँ, सुधारिएको चुलो ३१० रुपैयाँ र घरेलु बायोग्यास प्लान्ट १०,७९१ रुपैयाँमा उपलब्ध हुनेछ ।

अध्यक्ष वलिउद्दिन खानले भने, गाउँपालिकाको दिगो विकास र स्वच्छ ऊर्जा प्रवर्द्धनतर्फ यो परियोजना महत्वपूर्ण कदम हो । यसले आम नागरिकमा स्वच्छ ऊर्जा प्रयोग गर्ने संस्कार विकास गर्नेछ र वातावरणीय प्रदूषण घटाउन सहयोग पुर्‍याउनेछ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले भने, “यो परियोजनाले गाउँस्तरमा दिगो ऊर्जा प्रविधिको पहुँच बढाउनेछ । विशेषगरी ग्रामीण महिलामाथिको कामको बोझ घटाउने र स्वच्छ जीवनशैली निर्माणमा सहयोग पुग्ने अपेक्षा छ ।

गाउँपालिकाले सबै वडामा आवेदन फाराम उपलब्ध गराएको छ । इच्छुक नागरिकले नागरिकताको प्रतिलिपिसहित फाराम भरी आफूलाई उपयुक्त लाग्ने प्रविधि चयन गर्न सक्नेछन् ।

गाउँपालिकाले विश्वास व्यक्त गरेको छ कि परियोजनाले स्वच्छ ऊर्जा प्रयोग, वातावरणीय संरक्षण र हरित गाउँपालिका निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x