११ असार २०८३, बिहीबार

मिटरब्याज, वित्तीय शोषण, भूमि अधिकार लगायत सामाजिक न्यायका लागि संघर्षरत संगठनहरुबिचको संयुक्त भेला तथा प्रशिक्षण

एसीपी संवाददाता

२८ कार्तिक २०८२, बिहीबार २२:५८ मा प्रकाशित

संयुक्त जन-अधिकार आन्दोलन, नेपालद्वारा कोहलपुरमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुर विभिन्न जिल्ला बाट आएका सहभागीहरुलाई कात्तिक २७ गते लुम्बिनी कमाण्डको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको हो ।
बाँके जिल्लाको कोहलपुरमा आयोजित मिटरब्याज, वित्तीय शोषण, भूमि अधिकार लगायत सामाजिक न्यायका लागि संघर्षरत संगठनहरुबिचको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त भेलामा केन्द्रिय समिति , प्रदेश स्तरीय समिति र जिल्ला समितिहरुको सहभागिता रहेको थियोे । अहिले देश भर मिटर ब्याज बित्तीय शोषण र भुमि अधिकारको लागी सयुक्त रूपमा प्रशिक्षण सहित भेला सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता शेर बहादुरले गर्नु भएको थियोे भने प्रमुख अतिथि मनिराम ज्ञवाली र अवधेश कुशवाह रहनु भएको थियोे । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मनोज पासवान , अतिथिका रूपमा निर्ग नवीन नवीन , दुर्गा पोख्रेल , बैंक तथा बित्तीय पीडित संघर्ष समिति , पुरन मगर ठकुरी कबाडी ब्यवसाय , बद्री देवान समेत उपस्थिति रहेको जिल्ला इन्चार्ज जि नुरैन मुल्तमिस साहिल हल्वाईले जानकारी गराउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x