म्यानमारमा भएको कू. बारेमा नेपाली कांग्रेसको आफनो धारणा सार्बजनिक
म्यानमारमा भएको कू. बारेमा नेपाली कांग्रेसले आफनो धारण सार्बजनिक गरेको छ । काँग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा ऐक्यबद्ध भइ निन्दा गर्नु पर्छ बताएको छ ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रूपमा निन्दा गर्नु पर्छ यसका बिश्वबाट आवाज उठाउन जरुरी रहेको बताएका छन् ।
प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने बेला आएको उहाँको भनाइ छ । नेपालमा काँग्रेसले आवाज उठाईरहेको बेलामा अमेरीकाले पनि कू. गरेको कारण चेतावनी दिएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारीहरूको तत्काल रिहाइको माग गर्दै भनेका छन् ‘अमेरिका बर्माका नागरिकहरुको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको चाहनाको पक्षमा छ । सेनाले तत्काल आफ्नो कदम सच्याउनुपर्छ ।’त्यस्तै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले पनि म्यानमारमा भएको सैन्य ‘कू’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनको प्रवक्ताले जारी गरेको विज्ञप्तिमा गुटेरसले सबै पक्षलाई प्रजातान्त्रिक मूल्यमान्यताको पालना गर्न आग्रह गरेका छन् ।
म्यानमारमा गत नोभेम्बरमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा सत्तारुढ पार्टीले अत्यधिक बहुमतसहितको जित हात पारेको थियो । तर, यो निर्वाचनको नतिजामा भने सेना र उसको राजनीतिक सहयोगी पार्टीहरुले धाँधली भएको भन्दै विवाद खडा गर्दै आएका थिए ।
सेनाले नोभेम्बरमा भएको निर्वाचनमा लाखौं भोट धाँधली भएको आरोप लगाउँदै आएको छ । यद्यपि निर्वाचन नियामकहरुले भने यो निर्वाचनमा दाबी गरिएजस्तो धाँधली नभएको बताउँदै आएका छन् । बिवाद बढ्दै जाँदा सेनाले कू. गर्दे सत्ता कब्जा गरेको छ ।
कम्यूनिष्ट मिलाउन कसरत गर्ने चीनबाट जम्मा ३ लाख कोरोना बिरुद्धको खोप दिने घोषणा
कांग्रेसका प्रवक्ता शर्माले निर्वाचनमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरूपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्वारा हल गर्न सकिने विषय भएको बताउनुभयो । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्नु र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्नु स्वीकार्य हुन नसक्ने प्रतिक्रिया दिनुभयो । प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताउनुभयो । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उहाँको भनाइ छ ।
सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी ९एनएलडी० की नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो ।



