यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाउन नेपालगञ्जमा तयारी शुरु
बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको संयोजकत्वमा सरोकारवाहरुको संयुक्त बैठक बसेर महिला (नारी) दिवस भब्य बनाउन तयारी शुरु गरिएको हो । बैठकले दिवसलाई भब्य रुपमा मनाउन कार्यदल समेत गठन गरेको छ । दिवसमा धेरै भन्दा धेरैको सहभागिताका लागि गठित कार्यदलले कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको छ । साना हातहरु नेपालकी अम्बिका पुनको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा गीता आचार्य, निर्मला पौडेल, पुष्पा सुनार, सुनिता सारु, सरस्वती शर्मा र महिला शाखाका कर्मचारी रहनुभएको छ । बैठकलाई सम्बोधन गर्दै उपमेयर थापाले पछाडी परेका समुदायका महिला, किशोरी वर्गलाई समाजमा अगाडी ल्याउनुपर्ने बताउनुभयो । उहाँले बाल विवाह, बिचमै बिद्यालय छाड्ेकाहरुलाई दिवसले प्रभावित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकले दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता, ¥याली तथा व्यानर प्रदर्शन, महिला तथा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम र महिला फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । यस वर्ष यही फागुन मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस दिवस परेको छ ।


