राजकुमार पाण्डेको अध्यक्षतामा नेपाल केम्पो काई संघ लुम्बिनीको समिति गठन
बुटवल- राजकुमार पाण्डेको अध्यक्षतामा नेपाल केम्पो काई संघ लुम्बिनी प्रदेशको ११ सदस्यीय नया कार्यसमिति चयन भएको छ । बिहिवार बुटवलमा सम्पन्न केम्पो काई संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेसनबाट सो कार्यसमिती सर्ब सम्मत रुपमा निर्बाचित भएको हो । मार्शल आर्टका खेलाडीहरुको अगुवाईमा बिहिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा कुमार शाही, सचिव प्रकाश गैरे, कोषाध्यक्ष सृष्टि श्रेष्ठ, सदस्यहरुमा गणेश कुवर, सम्भु मुसहर, नवराज खरेल, अदित विक, दान बहादुर सोमै, टिना थापा, सुजन कुमाल सर्वसम्मत भएका हुन ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी एवम लुम्बिनी प्रदेश खेलकुद परिषदका निमित्त सदस्य सचिव नरेन्द्र थापाले नेपाली खेल र खेलाडीको विकासले गति लिन नसकेको जिकीर गरे । थापाले खेलक्षेत्रमा थोरै लगानीमा धेरै उपलब्धीहरु प्राप्त भएको दाबी गरे । यसमा खेलाडी तथा प्रशिक्षकको ठूलो मिहिनेत रहेको उनको भनाई थियो। थापाले खेलकुदलाई उचाईमा पुर्याउन खेलाडीको अनुशासन महत्वपुर्ण हुने समेत बताए ।
संघका कार्यवाहक केन्द्रीय अध्यक्ष नाराज बहादुर खड्का (हरि) ले राष्ट्रिय खेलकुद परिषदमा २०६९ मा दर्ता भएको संघ मार्शल आर्ट खेल विकासमा लागेको बताए । संघमार्फत दक्ष जनशक्ति निर्माण गर्ने आफुहरुको लक्ष्य रहेको बताउदै खडकाले आउने दिनहरुमा उत्कृष्ट प्रशिक्षक र खेलाडी उत्पादन गर्ने आफुहरुको योजना रहेको बताए ।
कार्यक्रममा जापान गुजोरिया कराते डो मिसनका चिफ कोच केबी राना काजीले राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रिय खेल प्रतियोगितामा यो खेललाई समावेश हुने गरि अगाडि बढ्न नवनिर्वाचित कार्यसमितीलाई सुझाव दिए । खेलबाट अन्तररास्ट्रिय पहिचान हुने उदाहरण दिदै उनले खेलाडीको हितमा सरकारको योजना आउनुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले मार्शल आर्टको खेल विकासमा अघि बढाउन संगठित हुन जरुरी रहेको बताए । दशौ राष्ट्रिय प्रतियोगितामा खेलाडी तयार हुने गरि प्रदेशमा खेलाडी उत्पादनमा जोड दिने प्रतिवद्धता जनाए ।


